निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित

४ बर्ष अगाडि

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सूर्यविनायकमा सञ्चालित एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित भएका छन् ।   

सूर्यविनायक नगरपालिकाको सहकार्यमा शनिबार सम्पन्न  शिविरमा बालरोग, स्त्रीरोग, छालारोग, मुटुरोग, नाक, कान, घाँटी, मधुमेह, हाडजोर्नी, अर्बुद्ध लगायतका परीक्षण गरिएको थियो । 

आँखा, दाँत तथा जनरल परीक्षण  विभिन्न अस्पतालमा कार्यरत २० विशेषज्ञ चिकित्सकले गर्नुभएको थियो ।  नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो रक्तचाप जाँच गराइ शिविरको शुभारम्भ गर्दै नगरबासीको स्वास्थ्यमा पहिलो पहिलो प्राथमिकता दिएको बताए ।

सिद्धीदास माध्यामिक विद्यालयका प्राचार्य लोकेन्द्र अर्यालले समय समयमा आफ्नो विद्यालयले स्वास्थ्य  शिविरको आयोजना गर्ने गरेको जानकारी दिनुभयो । सो अवसरमा निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया