चुइगम चपाएरै सकियो साढे १८ करोड

४ बर्ष अगाडि

काठमाडौं ।  देखासिकी र फजुल खर्चमा आकर्षित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् ।

 भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको साउनदेखि कात्तिकसम्म ६ लाख २१ हजार ६ सय ८ किलो चुइगम नेपाल भित्रिएको छ । यसको मूल्य १८ करोड ४८ लाख ५५ हजार रुपैयाँ भएको भन्सार विभागले जनाएको छ ।

यसैगरी, गत आवका चार महिनाको तुलनामा चालू आवको समीक्षा अवधिमा चुइगमको आयात भने केही घटेको छ । अघिल्लो वर्षका चार महिनामा कुल ७ लाख १६ हजार ९ सय १९ किलो चुइगम आयात भएको थियो । सो समयमा करिब २४ करोड ८० हजार रुपैयाँ बढीको चुइगम आयात भएको थियो ।राजधानी दैनिकमा खबर छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया