नेपाल भ्रमण वर्ष २०२० सचिवालय र नेपाल मिडिया सोसाइटीबीच समझदारीे

४ बर्ष अगाडि

काठमाडौ – नेपालका प्रमुख आम सञ्चार माध्यमहरुको छाता संगठन नेपाल मिडिया सोसाइटी, जिल्ला काठमाडौं र नेपाल भ्रमण वर्ष २०२० सचिवालय वीच प्रवद्र्धनात्मक समझदारी भएको छ । 

समझदारी पत्रमा दुवै पक्ष बीच भ्रमण वर्ष २०२० सम्बन्धी कार्यक्रम तथा क्रियाकलापहरुलाई टेलिभिजन, अनलाइन पोर्टल, रेडियो तथा राष्ट्रिय दैनिक समाचार महत्वका हिसावले रेकर्डिङ्ग गर्ने तथा छपाई मार्फत प्रकाशन र प्रसारण माध्यम मार्फत प्रसारण गर्ने सहमती भएको छ । नेपाल भ्रमण वर्ष २०२० उद्धघाटन लगायत मूल समारोहका कार्यक्रम सवै स्याटेलाइट टेलिभिजनहरुले प्रत्यक्ष प्रसारण गर्ने पनि उल्लेख गरिएको छ । 

उक्त समझदारीमा कार्यक्रमको तयारी र पर्यटकीय गन्तव्यस्थलहरुको बृद्धि गर्न भ्रमण वर्ष सचिवालयको समन्वयमा विशेष बाइट, रिपोर्ट तथा अन्तरवार्ताहरु प्रकाशन प्रसारण गर्ने । नेपालको सकारात्मक छविलाई बाह्य देशहरुमा स्थापित गराउने उद्देश्यका साथ आसन्न भ्रमण वर्ष २०२० पूर्व तयारीका साथै समष्टिगत विषयहरु समेटेर समाचार तथा विशेष रिपोर्ट प्रकाशन गर्ने ।

ती कार्यक्रमहरु सम्बन्धीत मिडिया हाउसका युट्युव लगायतका सामाजिक सञ्जालमा समेत अपलोड गरिने उल्लेख गरिएको छ । मिडिया हाउसबाट प्रसारण गरिने कार्यक्रमहरुका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन वोर्डबाट आवश्यक सामग्री तथा सूचनाहरु उपलब्ध गराउने सहमती भएको सम्झौतामा उल्लेख गरिएको छ । 

उक्त कार्यक्रममा भ्रमण वर्ष २०२० का सन्दर्भमा पर्यटकहरुलाई आकर्षित गर्न टेम्पल स्टे, शिवशक्ति परिक्रमा, आध्यात्मिक ज्ञान हासिल गर्न नेपाल उपयुक्त स्थान भएको प्रचार तथा प्रसारण गर्ने । बाह्य र आन्तरिक दुवै पयर्टकहरुलाई उतिकै महत्व दिने विषयका सम्बन्धमा सचिवालय संयोजक वैद्यले नयाँ कार्यक्रम र भ्रमण गन्तव्यहरुको श्रव्यदृष्य सामग्रीहरु देखाउनु भएको थियो । 

उक्त समझदारी पत्रमा भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्य र नेपाल मिडिया सोसाइटी काठमाडौंका अध्यक्ष शुभशंकर कँडेलले हस्ताक्षर गर्नु भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया