विप्लवसहित दुई जना पक्राउ

४ बर्ष अगाडि

लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

लाहानबाट गाईघाटतर्फ आउँदै गरेको स १ ज ५०३ नम्बरको विङगरमा लुकाएर राखेको १३० पिस नाइट्रोभेट ट्याब्लेट लागुऔषधसहित विप्लव तामाङलाई नियन्त्रण लिएको छ।

तामाङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।

 त्यस्तै बेलका नगरपालिका दिवाजोरमा मैनामैनी तर्फबाट आइरहेको को १२ प ७१०३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ४०० ग्राम गाँजासहित भोजपुरका २२ वर्षीय जयप्रकाश राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया