आइएमई जनरल इन्सुरेन्सले ६.३१ प्रतिशत लाभांश दिने

४ बर्ष अगाडि

आइएमई जनरल इन्सुरेन्सले ६.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ  कम्पानीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३१ प्रतिशत गरी ६.३१ प्रतिशतले हुन आउने ३२ लाख २२ हजार ९४७ नगद लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

कम्पनीले ६ करोड १२ लाख ३६ हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ ।

कम्पनीले गत वर्ष ५५ बोनस सेयर वितरण गरेको थियो । हाल आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ पुग्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया