प्रचण्डको पहिलो प्रतिवेदन : पार्टी र मोर्चालाई श्रम उत्पादनमा लगाउनुपर्छ

४ बर्ष अगाडि

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) ले सबै स्तरमा पार्टी र मोर्चाहरूलाई श्रम उत्पादन कार्यमा लगाउनुपर्ने तर्फ ध्यान केन्द्रित गरेको छ । 

आजदेखि शुरु पार्टी स्थायी कमिटी बैठकमा पहिलो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले श्रम र उत्पादनतर्फ ध्यान केन्द्रित गरेका हुन् । 

प्रतिवेदनमा पार्टीका आगामि कार्यक्रमका रुपरेखा अन्तर्गत बुदा नम्बर १० मा अध्यक्ष प्रचण्डले समाजवाद उन्मुख आर्थिक आधार तयार पार्नका लागि सबैबै स्तरमा पार्टी र मोचाहरूलाई श्रम उत्पादन कार्यमा लगाउनुपर्ने उल्लेख गरेका छन् । 

‘सबै स्तरमा पार्टी र मोचाहरूलाई श्रम उत्पादन कार्य, र जन–सेवाका विविध कार्यक्रम बनाई निरन्तर क्रियाशील बनाउने करामा जोड दिने समाजवाद उन्मुख आर्थिक आधार तयार पार्न  हाम्रो पार्टीले ठोस पहल लिन पर्दछ’, प्रतिवदेनमा प्रचण्डले भनेका छन् । 

उनले सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वयमा सामाजिक न्यायसहित आर्थिक विकासका साना–ठूला परियोजनाका सञ्जाल निर्माण गर्नुपर्ने पनि बताएका छन् । 
‘स्थानीय तहदेखि नै समाजवादको आधार तयार पार्ने करामा हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ’, प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया