एनसेलको ‘अप्रत्याशित’ छुट खरिद

४ बर्ष अगाडि

काठमाडौँ । गत आर्थिक वर्षमा शून्य प्रायः रहेको दूरसञ्चार सेवा प्रदायक एनसेलको कर छुट खरिदबापतको रकम अप्रत्याशित रूपमा बढेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने वस्तु तथा सेवा खरिदबापत देखाउन सकिने खर्च शीर्षकअन्तर्गत कम्पनीले ठूला करदाता कार्यालयमा अर्बौं रकम छुट खरिदका रूपमा देखाएको हो । कार्यालयले यस्तो रकमलाई ‘अप्रत्याशित’ वृद्धिका रूपमा मूल्याङ्कन गरेको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा बहुराष्ट्रिय कम्पनीतर्फ यस्तो छुट खरिद २१ करोड रुपियाँ मात्र रहेकामा यो वर्ष त्यस्तो रकम १९ अर्ब रुपियाँ पुगेको छ । उक्त रकममध्ये १८ अर्ब ८० करोड रुपियाँ एउटै करदाता (एनसेल)को रहेको कार्यालयको तथ्याङ्क छ । अघिल्लो वर्ष यस्तो रकम शून्य रहेको पनि कार्यालयले स्पष्ट पारेको छ । १८ अर्ब ८० करोड रुपियाँमध्ये १३ अर्ब ६० करोड रुपियाँ नेपाल दूरसञ्चार प्राधिकरणलाई भुक्तानी गरेको पाइएको छ । प्राधिकरणलाई बुझाएको रकमका कारण पनि बहुराष्ट्रिय कम्पनीतर्फको छुट खरिदमा अप्रत्याशित वृद्धि भएको कार्यालयको ठहर छ । गोरखापत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया