चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई रहेनन्

४ बर्ष अगाडि

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको आइतबार राति निधन भएको छ। उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । 

भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि ओम अस्पताल लगिएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । उनको मृत्यु आइतबार राति १० बजेर २० मिनेटमा भएको पारिवारिक स्रोतले जनाएको छ । 

चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले  उनले पार्थिव शरीर सोमबार बिहान २ बजेपछि लचित्र विकास वोर्डको कार्यालयमा श्रदाञ्जलीका लागि राखिने जानकारी दिए । त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । 

करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय ५४ वर्षिय भट्टराई एक पत्नी र छोरा रहेका छन्।
 

४ बर्ष अगाडि

प्रतिक्रिया