राजदूत लिलामणि पौडेलसँग सीआईबीले लियो बयान, जवाफमा के भने ?

४ बर्ष अगाडि

बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलसँग बयान लिएको छ । 
करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर त्यसमा नक्कली मोही खडा गर्ने निर्णयमा संलग्न रहेको आरोपमा ब्यूरोले पौडेललाई बयान लिएको छ । 
पूर्वमुख्यसचिव समेत रहेका पौडेललाई ब्यूरोको ३ नम्बर पिलरले मंसिर १५ गते इमेलमार्फत जग्गा हिनामिना प्रकरणमा तपाइँको भूमिका के थियो ? सरकारी जग्गामा मोही कायम नहुने कानुन हुँदाहुँदै किन मोही कायम हुने गरी निर्णय गरियो ? त्यसबेला के के भएका थिए ? जस्ता आधा दर्जन प्रश्न गरेको थियो । पत्र पठाएको १२ दिनपछि मंसिर २७ गते  पौडेलले ब्यूरोलाई २ पाना लामो जवाफ पठाउँदै जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया