बैंकहरूले निशुल्क बिमाको प्रचार गर्न नपाउने

४ बर्ष अगाडि

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई खाता खोल्न आकर्षण गर्न निःशुल्क बिमा सुविधाको प्याकेज दिन थालेपछि बिमा समिति कडा रूपमा प्रस्तुत भएको छ । बैंकहरूले निक्षेपकर्तालाई नयाँ खातासँगै जीवन तथा निर्जीवन बिमाका प्याकेज ल्याएका छन् । तर, निक्षेपकर्ताले दाबी नपाएको गुनासो गरेपछि समितिले निर्देशन नै जारी गरेको हो ।

‘बिमकले सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गर्दै बिमा समितिले बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना निक्षेपकर्ताहरूको बिमा गर्दा सम्पूर्ण व्यक्तिगत विवरण बिमा कम्पनीहरूलाई बुझाउनु पर्ने व्यवस्था गरेको छ ।

यस्तै, बिमकले विभिन्न संस्थासँगको सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा लाग्ने बिमा प्रिमियम शुल्क सम्बन्धित संस्थाले नै तिर्ने भएमा यसको बिमा प्रिमियम शुल्क ‘संस्था स्वंयले बेहोर्ने’ भन्ने सूचना दिनुपर्ने छ । साथै, बिमा व्यवसायको सिद्धान्तविपरित बैंकहरूले सित्तैमा बिमा सुविधा बेचेको भन्दै समितिले नयाँ मार्गदर्शनअनुसार बैंकहरूले अबदेखि आफ्ना निक्षेपकर्ताको बिमा गराउँदा एकमुष्ट रूपमा बिमा लेख खरिद गर्नुपर्ने जनाएको छ । काराेबार दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया