विदेशीएका कामदारलाई लगानीको अवसरः सरकारले नै उनीहरूबाट ऋण उठाउने तयारी, कति पाइन्छ व्याज ?

४ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगार बचतपत्र २०८१ निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले ५ बर्ष अवधीका लागि रू. २० करोड बराबरको बचतपत्र निष्काशन गर्न लागेको हो ।
राष्ट्र बैंकले बैदेशिक रोजगारमा गएका नेपाली तथा गैर–आवासीय नेपालीहरुलाई लक्षित गरेर उक्त बचत पत्र निष्कशन गर्न लागेको हो, जसअनुसार उनीहरुले विदेशमा कमाएको पैसा उक्त बचत पत्रमा लगानी गरेर व्याज आम्दानी गर्न सक्नेछन् । राष्ट्र बैंकले यसरी उनीहरुबाट पैसा उठाएर बिभिन्न क्षेत्रमा लगानी गर्नेछ । 
राष्ट्र बैंकले यही पौष १ गते देखि २९ गतेसम्म उक्त बचत पत्रमा आवेदन दिन सुचना पनि जारी गरिसकेको छ । बैदेशिक रोजगारमा रहेका वा बैदेशिक रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपालीले उक्त बचतपत्रमा आवेदन दिन सक्नेछन् । उनीहरुले आफू वा आफ्नो परिवारको सदस्यको नाममा उक्त बचतपत्र खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । 
सिटिजन्स बैंक इन्टरनेशन, नविल बैंक, माछापुच्छ«े बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभु मनि ट्रान्सफर र सेवा रेमिट प्रालिबाट उक्त बचतपत्रमा आवेदन दिन सकिनेछ ।

सरकारले उनीहरुको पैसा बचतमा राखेबापत बार्षिक १० प्रतिशतका दरले व्याज दिनेछ । आर्जित व्याज ६÷६ महीनामा भुक्तानी गरिने राष्ट्र बैंकको योजना छ । त्यो व्याजमा कर पनि नलाग्ने राष्ट्र बैंकको भनाइ छ ।  साथै, चाहेको समयमा बिक्री गर्न सकिने र धितोमा राखी बैंकबाट ऋण लिन सकिने व्यवस्था पनि गरिएको छ । र, अवधी सकिएपछि सावा रकम भुक्तानी गरिने बताइएको छ । 
विदेशमा गएका नेपालीहरुले बार्षिक खर्बौ रकम कमाउने गरेका छन् । तर, उनीहरुलाई बचतको अबसर नहुँदा त्यो पैसा राम्रोसँग परिचान हुन सकेको थिएन । तर अब नेपाली कामदारलाई लगानीको अवसर जुटेको छ  ।

४ बर्ष अगाडि

प्रतिक्रिया