प्रजातन्त्र सेनानी नायकको निधन

४ बर्ष अगाडि

विसं २००७ का प्राजातान्त्रिक आन्दोलनका योद्धा प्रजातन्त्र सेनानी बलराम नायकको ८७ वर्षको उमेरमा आज विहान निधन भएको छ ।  

पछिल्लो समय  उहाँ धनुषा जिल्लाको सबैला नगरपालिका बस्दै आएका थिए ।

स्वतन्त्रता सेनानी राजेश्वर नेपालीका अनुसार उनलाई नेपाली काँगे्रसले ‘वरिष्ठ प्रजातन्त्र सेनानी’को उपाधिबाट सम्मान गरेको थियो ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँ विसं २०१८ र २०४५ मा जेल परेका थिए। उनी जनकपुरधामको जानकी वृद्धा आश्रमको संस्थापक अध्यक्ष तथा काठमाडौँको सिर्जनात्मक गुठीको सल्लाहकार समेत थिए ।

उनका दुई छोरा र दुई छोरी रहेको छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया