हकप्रदमा बिक्री नभएका शेयर लिलामी मार्फत बिक्री गर्दै सिर्जना फाइनान्स

४ बर्ष अगाडि

सिर्जना फाइनान्सले लिलामी मार्फत शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले हकप्रदमा बिक्री नभएका ३ लाख २० हजार ७४२ कित्ता शेयर पुस ७ गतेबाट लिलामी मार्फत विक्री गर्न लागेको हो ।

यस अघि कम्पनीले बिक्रीमा ल्याएको २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर मध्य संस्थापक र साधारण शेयर गरी कुल  ३ लाख २० हजार ७४२ कित्ता शेयर बिक्री हुन बाकीँ रहेको थियो ।

कम्पनीले गत असोज १७ देखि मंसिर ६ गतेसम्म बिक्रीमा ल्याएको उक्त हकप्रद  शेयरमा २४ लाख ४३ हजार ९५० कित्ता शेयर मात्र बिक्री भएको थियो ।

लगानीकर्ताहरुले कम्पनीको उक्त लिलामी शेयरमा संस्थापक तर्फ न्यूनतम एक हजार कित्ता र सर्वसाधारण तर्फ  १०० कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्न लगानीकर्ताले सनराइज क्यापिटल, सनराइज बैंकको तोकिएका ७ शाखा कार्यालय र सिर्जना फाइनान्स मार्फत आवेदन दिन सक्नेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया