थकाली सेवा समिति बुटवललाई भूपि पुरस्कार

४ बर्ष अगाडि

धौलागिरि साहित्य प्रतिष्ठान बागलुङद्वारा स्थापित यस  वर्षको  भूपि पुरस्कार थकाली सेवा समिति बुटवललाई प्रदान गरिने भएको छ । 

यसैगरी  भूपि सम्मानद्वारा साहित्यकार मोहन चापागाईंलाई सम्मनित गरिने प्रतिष्ठानले जनाएको छ ।  भूपि पुरस्कारको राशि  रु १५ हजार रहेको छ । ८५ औँ भूपि जयन्तीको अवसरमा आगामी  पुस १२ गते ती पुरस्कार र सम्मान समर्पण गरिनेछ । 

प्रतिष्ठानका अध्यक्ष काजी रोशनले समितिले भूपिको स्मृतिमा प्रवेशद्वार,शालिक,पुस्तकालय निर्माण तथा अक्षयकोष स्थापनालगायतका काम भएको जानकारी दिए ।  

विसं २०७३ मा सो पुरस्कार कोषको स्थापना गरिएको  थियो । नेपाली साहित्यका विशिष्ट प्रतिभा भूपिको विसं १९९० पुसमा मुस्ताङ जिल्लाको थाक, टुकुचेमा जन्म भएको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया