लोकसेवा आयोगको एउटै परिक्षाबाट गुल्मीका ५८ जना जागिरका लागि सिफारिस भएका छन्। आयोगको बुटवल कार्यालयले स्थानीय तह अन्तर्गत प्रशासन पाँचौ तहको लागि लिएको परिक्षाबाट गुल्मीका ५८ जना सिफारिस भएका हुन् ।
आयोगले खुल्लातर्फ ११३ जना, महिलाकोटामा ३३ जना र आदीवासी जनजातीका लागि २ जना गरी १४७ जना माग गरेको थियो । त्यसमध्ये खुल्लातर्फ ४७ जना र महिला तर्फ ११ जना गुल्मेली सिफारिस भएका छन् । समग्रममा गुल्मेलीहरुको सिफारीस संख्या ३९ दशमलव १८ प्रतिशत हो ।
बुटवलबाट सिफारीस हुनेमध्ये दोश्रोमा अर्घाखाँचीका रहेका छन् । अर्घाखाँचीबाट खुल्लामा २१ र महिलामा ६ जना गरी २७ जना सिफारीस भएको लोकसेवाले जनाएको छ ।
त्यस्तै रुपन्देहीबाट खुल्ला १०, महिला ७ र आदिवासी जनजातीतर्फ १ गरी १८ जना र पाल्पाबाट खुल्लातर्फ १४ र महिलामा ३ गरी १७ जनाले एकैपल्ट स्थानीय तहमा नासुको जागिर खाएका छन् ।
त्यस्तै नवलपरासी खुल्ला ५, महिला २ र आदिवासी जनजाती १ गरी ८ जना, कपिलवस्तुका ५ खुला र १ महिला गरी ६ जना, स्याङजा ३ खुला र १ महिला गरी ४, पर्वत ३ खुला र १ महिला गरी ४ जना सिफारिस भएका छन् ।
बुटवलबाट सिफारिस हुनेमध्ये पर्वतबाट ३, प्यूठानबाट २ तथा दाङ्ग, बाग्लुङ्ग र रौतहटबाट एक एक जना छन् ।
प्रतिक्रिया