नेपालकै कम्पनीले विद्युतीय मोटरसाइकल उत्पादन गर्ने

४ बर्ष अगाडि

अब नेपालकै कम्पनीले विद्युतीय मोटरसाइकल उत्पादन गर्ने भएको छ । (आज) बिहीबार ज यसको औपचारिक घोषणा गरिने कम्पनीका प्रमुख अशिम पाण्डेले जनाकारी दिए ।

‘यात्री मोटरसाइकल्स’ को पहिलो परियोजनाका रुपमा रहको ‘प्रोजेक्ट जीरो’ को लगभग सबै काम सकिएको छ ।यो विद्युतीय मोटरसाइकलमा अशिम पाण्डेले चेसिस र कनिष्क सुवालले इन्डस्ट्रियल डिजाइन गरको बताए ।

त्यस्तै मेकानिकल इञ्जिनियर अशेष श्रेष्ठले टेस्टिङ, एम्बेडेड सिस्टम इन्जिनियर सुलभ श्रेष्ठले सफ्टवेयर डिजाइन गरेका छन् ।

सार्थक शर्माले एप्लिकेसन डेभलपर इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक, इञ्जिनियर कृष्ण श्रेष्ठले आर्किटेक्चर र बत्सल पाण्डेले बिजनेस डेभलपमेन्टको काम गरिरहेको प्रमुख पाण्डेले जानकारी दिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया