एलजीको आर ३२ रेफ्रिजेरेन्ट भएको एसी नेपाली बजारमा

पुस ८, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं– एलजीको आधिकारी विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी ईम्पेक्सले एलजीको आर३२ रेफ्रिजेरेन्ट भएको एयर कन्डिसन नेपाली बजारमा भित्र्याएको छ ।

सिजी इलेक्ट्रोनिक्सले विगत ३० वर्षदेखि शिर्ष गुणस्तर भएका इलेक्ट्रोनिक्स उत्पादनहरु नेपाली बजारमा प्रदान गर्दै आएको छ । सिजीले एलजीसँग साझेदारी गरी नेपाली ग्राहकहरुलाई एलजीको अभिनव इलेक्ट्रोनिक्स उत्पादनहरु प्रदान गर्दछ । 

आर३२ ग्याँस ले एलजी इन्भटर एयर कन्डिसनको प्रणाली दक्षता बृद्धि गर्दछ, जसले गर्दा कम उर्जा खपत हुन्छ र एयर कन्डिसन लाई अधिक टिकाउ बनाउँछ । आर३२ ग्याँस यस्तो किसिमको ग्याँस हो जसले कुशलतापूर्वक गर्मी बोक्छ र कम वातावरणीय प्रभाव पार्दछ । 

आर२२ र आर४१०ए जस्ता व्यापक रुपमा प्रयोग हुने रेफ्रिजरेन्टहरुको तुलनामा आर३२सँग ग्लोबल वार्र्मिङ सम्भाव्यता छ जुन एक तिहाई कम हो र यसको कम वातावरणीय प्रभावको लागि उल्लेखनिय छ । यसमा रहेको ब्ल्याक ओसियन प्रोटेक्सन टेक्नोलोजी ले जंग र रस्टको समस्याहरुलाई समाधान गर्दछ । 

डुवल कम्प्रेसर भएको यस एसी ले ७०५ सम्म विजुली बचत गर्दछ साथै सक्रिय चार–चरण उर्जा नियन्त्रण गर्दछ जसले मान्छेको संख्या र कोठामा क्रियाकलापको स्तरका आधारमा एयर कन्डिशनरले उत्पादन गर्ने शितलताको समायोजन गर्दछ । 

एलजीका एयर कन्डिसनर मा १० वर्षको वारेन्टि पनि रहेको छ, साथै एलजीको एसी प्रयोग गर्दा वार्षिक ३२ हजार सम्मको बचत पनि गर्न सकिन्छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.८३११४.४३
European Euro१२५.५९१२६.२५
UK Pound Sterling१४८.९७१४९.७६
Swiss Franc११७.२५११७.८७
Australian Dollar७७.९३७८.३४
Canadian Dollar८६.६५८७.१०
Singapore Dollar८४.२३८४.६७