टर्किस एयरलाइन्स सनराइज बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट

४ बर्ष अगाडि

सनराइज बैंकले आफ्ना ग्राहकलाई टर्किस एयरलाइन्समा १० प्रतिशत सम्म छुट दिने भएको छ ।

बैंकले ग्राहकलाई विभिन्न क्षेत्रमा छुट दिने क्रममा अहिले ट्राभल र टुरिजम क्षेत्रमा छुट दिने उद्देश्यले टर्किस एयरलाइन्ससँग सम्झौता गरेको हो ।

टर्किस एयरलाइन्सको तर्फबाट नेपालका लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केटिची ( AbdullhaTuncerKececi)  र  बैंकका तर्फबाट बैंकका  प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार सनराइजका ग्राहकले टर्किस एयरलाइन्सको टिकट खरिद गर्दा 'इकोनोमिक्स क्लास'मा ७ पतिशत सम्म र 'बिजनेस क्लास'मा १० पतिशत सम छुटको पाउने बैंकले बताएको छ ।

साथै उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले युरोप भ्रमणमा जाँदा थप १० केजी सम्म सामान लान पाउने छन् ।

यो छुट पाउनका लागि ग्राहकले टर्किस एयरलाइन्सको काठमाडौँमा रहेको नारायणहिटी पथ कार्यालयमा परिचयका साथ बैंकको कार्ड देखाएर टिकट खरिद गर्नुपर्ने बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया