सिद्धार्थ बैंकले ल्यायाे कार्ड र अनलाइन कारोबार गर्दा छुट तथा नगद फिर्ता याेजना

४ बर्ष अगाडि

सिद्धार्थ बैंकले कार्ड र अनलाइन कारोबार गर्दा छुट र नगद फिर्ता दिनेसम्मका योजना ल्याएको छ ।

बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा यस्ताे छुट याेजना ल्याएकाे हाे । 

योजनाअन्तर्गत ग्राहकले दराजमार्फत सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउनेछन् ।

त्यसैगरी, पिओएस मेसिनमार्फत एक महिनाभित्र कम्तीमा तीनपटक गरी १५ हजार रुपैयाँको कारोबार गर्दा १ हजार क्यासब्याक पाइनेछ भने बैंकको स्मार्ट बैंकिङमार्फत पहिलोपटक अधिकतम ५ सय रुपैयाँको मोबाइल टपअप गर्दा २० प्रतिशत क्यासब्याक पाइने बैंकले जानकारी दिएको छ ।

त्यसैगरी पहिलो दुईपटक ५ सय रुपैयाँ वा सोभन्दा बढीको अनलाइन कारोबार गर्दा ५ सय रुपैयाँ नै तथा पिओएस मेसिनमार्फत पहिलो दुईपटक ५ सय सोभन्दा बढी रकमको कारोबार गर्दा ३ सय ८२ रुपैयाँ क्यासब्याक पाउने बैंकले जनाएको छ ।

यसैबीच सद्धार्थको थप शाखा प्रदेश नम्बर ५ को लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।बैंकले सुनसरीको दुहबी शाखा र गढी शाखा, सिराहाको गोलबजार शाखा र लहान शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

बैंकको दुहबी शाखाको दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदार, गढी शाखाको गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र लहान शाखाको लहान नगरपालिकाका मेयर मुनी शाह सुडीले उद्घाटन गरेको बैंकले जानकारी दिएको छ । बैंकले यी शाखाबाट यसअघि नै वित्तीय कारोबार भने गदै आएको थियो ।

लुम्बिनी शाखासँगै बैंकले १ सय ७६ शाखा, १ सय १ शाखारहित बैंकिङ सेवा, १ सय ९५ एटिएममार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ  ।

पुस ९ गते रहेको १७ औं वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले ३१ दिनसम्म लागू हुने गरी छुट पुस ९ गतेदेखि माघ १० गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया