गायक रामकृष्ण ढकालको सम्बन्ध बिच्छेद

४ बर्ष अगाडि

चर्चित गायक रामकृष्ण ढकालको पत्नी निलम शाहसँग सम्बन्ध विच्छेद भएको छ ।

रामकृष्ण र निलमले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन् । मंगलबार निलमले अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी निवदेन दिएकी थिइन् ।

उनीहरु कानुनी रुपमा नै अलग हुन सहमत भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार पेस भएको निवदेनउपर सुनुवाई गर्दै दुवैलाई सहमतिमा अलग हुने फैसला सुनाएको हो।

उनीहरुको एउटी छोरी रानी ढकाल पनि छिन। श्रेस्तेदार श्रेष्ठका अनुसार दम्पतिकी छोरी आमा निलमसँगै रहनेछन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया