श्रीमतीको फोटो राखेर गायक रामकृष्ण ढकालले लेखे फेसबुकमा यस्तो

४ बर्ष अगाडि

काठमाडौँ । गायक रामकृष्ण ढकालको सम्बन्धबिच्छेद रहस्यमय बनेको छ । जिल्ला अदालत काठमाडौँबाट उनको श्रीमति निलम शाह ढकालसँग सम्बन्धबिच्छेदको मिलापत्र भएपनि उनले भने यो सबै झूट भएको प्रतिक्रिया दिएका छन् । 
तर जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदूर कोइरालाको इजलाशले उनको सम्बन्धविच्छेद भएको उल्लेख छ । जहाँ निलमले सम्पत्ति नलिइ सम्बन्धबिच्छेदमा सहमति जनाएको र छोरी भने दुबैको संरक्षणमा हुर्कने उल्लेख छ । 
स्वयम् ढकालसमेतको उपस्थितिमा सम्बन्धबिच्छेदको मिलापत्र भएपनि ढकालले भने सबै झूट भएको प्रतिक्रिया आउनुले सवार रहस्यमय बनेको छ । 
यसैबीच ढकालले आफ्नो फेसबुक पेजमा श्रीमती निलमको फोटो राखेर एक स्टाटस लेखेका छन् । स्टाटसमा उनले अरुले जेसुकै भनेपनि आफूहरुको सम्बन्ध कहिल्यै नपर्ने बताएका छन् । उनले भनेका छन्, ‘अरुले जेसुकै भनुन मतलब छैन्, हाम्रो सम्बन्ध कहिल्यै मर्नेछैन ।’  

४ बर्ष अगाडि

प्रतिक्रिया