यी हुन २०१९ मा नयाँ रेकर्ड बनाउन सफल बलिउड फिल्म, कुनले कति कमाए ?

४ बर्ष अगाडि

वर्ष २०१९ मा पनि बलिउडमा कयौँ ठूला फिल्म रिलिज भए । कमाइका हिसावले ती फिल्म मध्ये केहीले नयाँ रेकर्ड समेत कायम गरेका छन् । वर्ष २०१९मा रिलिज भएका बलिउडमा पाँच ब्लकबस्टर फिल्म यहाँ चर्चा गरिएको छ ।

भारतः सलमान खान र कट्रिना कैफ अभिनित भारतले आम्दानीको सवालमा २०० करोड छुन सकेन । तर पनि यो फिल्म बर्षको सबैभन्दा बढी कमाइ फिल्मको सूचीमा पर्न सफल छ । फिल्मले बक्स अफिसमा १९७.३४ करोड आम्दानी गरेको छ ।

हाउसफुल ४ः बलिउडका हिट फिल्म ‘हाउसफुल’को चौथो सिक्वेलको रुपमा यो फिल्म निर्माण भएको हो । अक्षय कुमार, कृति सनोन, रितश देशमुख, कृति खरबंदा, बबी देओल लगायतको अभिनय रहेको फिल्म दर्शकलाई भरपुर मनोरन्ज दिन सफल मानिएको छ । फिल्मले बक्सअफिसमा २०५.४९ करोडको आम्दानी गरेको छ । 

उरीःदेशभक्तिले ओतप्रोत फिल्म उरीले अभिनेता विक्की कौशलको करियरलाई रकेटको रफ्तार दिलाएको छ । भारतीय सेनाले पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेर उरीमा गरेको आतंक हमलाको बदला लिएको बिषयमा फिल्म बनेको थियो ।  फिल्मले २४४ करोड आम्दानी गर्न सफल भयो ।

कबीर सिंहः शाहिद कपुर र कियारा आडवाणी अभिनित कबीर सिंह क्रिटिक्सबाट आलोचित फिल्म हो । तर पनि बक्स अफिसमा फिल्मले धमाल मच्चाएको छ । तेलुगु हिट फिल्म अर्जुन डेड्डीको रिमेक यो फिल्मले बक्स अफिसमा ओपनिङ व्यवसायनै २० करोड माथि गरेको थियो । फिल्मले २७६.३४ करोड कमाउन सफल मानिन्छ ।

वारः टाइगर श्राप र ऋतिक रोशन अभिनित वार यस बर्षको सबैभन्दा हंगामा गर्ने फिल्म साबित भयो । फिल्मले बक्सअफिसमा सफलताको नयाँ रेकर्ड समेत बनाएको छ । फिल्मले वर्षको सबैभन्दा बढी आम्दानी गर्ने फिल्मको रेकर्ड कायम गर्नुको साथै आमिर खानको ठग्स अफ हिन्दुस्तानले बनाएको सबैभन्दा बढी ओपनिङ फिल्मको रकेर्ड समेत तोडेको छ । फिल्मले ओपनिङ ब्यवसायनै ५०.६१ करोड गर्न सफल भएको थियो । यसको कुल आम्दान २९२.७१ करोड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया