फेक रेस्क्यू प्रकरणका दोषी जोगाउँदै रविन्द्र अधिकारी

५ बर्ष अगाडि

काठमाडौँ । पर्यटकलाई नक्कली बिरामी बनाएर फेक रेस्क्यू गराउने गिरोहलाई कारवाही गर्ने भन्दै सरकारले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको करिब एक दर्जन दिन बितेपनि कुनै पनि कारवाहीको प्रक्रिया सुरु हुन सकेको छैन ।
नेपालको फैलदो पर्यटकीय गतिविधिलाई नकारात्मक बनाउन प्रयोग भएका केही व्यवसायी तथा हेलिकोप्टर कम्पनी, अस्पताल तथा पर्यटन व्यवसायीलाई कारवाही गरिने बताएपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म कुनै प्रक्रिया सुरु गरेको छैन ।

केही विषयमा गृह मन्त्रालयलाई जानकारी गराउने र कारवाहीको प्रक्रिया सुरु गर्न प्रतिवेदनले आग्रह गरेपनि हालसम्म प्रतिवेदन गृह मन्त्रालयमा नै  पुग्न सकेको छैन ।
रेस्क्युका नाममा ठगी धन्दा चलाउँदै आएका व्यवसायीमाथि सरकारले कारबाही सुरु भएको पर्यटन मन्त्रालयले दावी गरेपनि सोही मन्त्रालयका एक वरिष्ठ अधिकारीकाअनुसार मन्त्री र सचिवले नै सो प्रतिवेदन नै राम्रोसँग अध्ययन नै राम्रोसँग गरेका छैनन् ।

मन्त्रालयकै मन्त्री र सचिवले नै प्रतिवेदन अध्ययन नगरेका कारण कारवाहीको प्रक्रिया अगाडि बढ्ला भन्ने बारेमा  आशंका बढ्दै गएको छ ।
नेपाल भ्रमणमा आएका पर्यटकलाई नक्कली बिरामी बनाउने, नक्कली बीमा गर्ने र उद्धारको नाममा कमाउ धन्दा चलाउन अस्पताल, हेलिकोप्टर कम्पनी, पर्यटन व्यवसायी गरी करिब १०० भन्दा बढीलाई कारवाहीको सिफारिश गरिएको छ ।
छानबनि समितिले गृह मन्त्रालयको सहयोगमा कारवाही गर्ने सुझाव दिएको छ । तर गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाले हालसम्म सो प्रतिवेदन नै प्राप्त नभएको जनाएको छ ।

‘प्रतिवेदन पठाइएको बारेमात हामीले सञ्चार माध्यमबाट थाहा पाएका हौ, तर प्रतिवेदन हालसम्म कस्तो बनेको छ, कस्ता विषय समावेश गरिएको छ भन्ने बारेमा जानकारी पाएका छैनौ’ सो महाशाखाका एक अधिकारीले भने ‘प्रतिवेदन पाएपछि के गर्ने भन्ने बारेमा आवश्यक निर्णय होला, प्रतिवेदन नै अध्ययन नगरी, प्रतिवेदन नै नपाई कसरी यस्तो हुन्छ भन्ने ?’

नेपाल आएर पदयात्राको क्रममा विभिन्न भागमा पुग्ने पर्यटकलाई नक्कली बिरामी बनाउने, नक्कली उद्धार गरी बिमा रकम असुल्ने र उद्धारको चर्काे भाडा लिई ठगी गरेको चर्को गुनासो पछि मन्त्रालयले छानबिन समिति बनायो । सो समिति गत जेठ २१ गते गठन भएको थियो । समितिले यही साउन १४ गते प्रतिवेदन बुझाएको हो ।
पर्यटन मन्त्री रविन्द्र अधिकारीले छानबिन कार्यदलले बुझाएको प्रतिवेदनअनुसार विदेशी मुद्रा कारोबार गर्ने अनुमति नलिएको तर पर्यटकवापत विदेशी मुद्रामा उद्धार भाडा वापत भुक्तानी दाबी गरेको विवरण पेश गर्ने ५ ओटा कम्पनीलाई राष्ट्र बैंकबाट विदेशी विनिमय ऐनअनुसार छानबिन गर्न परिपत्र गरिएको बताएका छन् ।
उनले उद्धारको क्रममा महँगो शुल्क लिने ६ अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट छानबिन गरी कारबाही गरिने बताए । तर स्वास्थ्य मन्त्रालयमा समेत हालसम्म उक्त प्रतिवेदन नै पठाइएको छैन ।

यस्तै महँगोमा उद्धार गर्ने ८ ट्राभल, ४ अस्पताल, ३ हेलिकप्टरको राजस्व चुहावटअनुसार छानबिन गरी कारबाही गर्न राजस्व अनुसन्धान विभागलाई अनुरोध गरिएको मन्त्री अधिकारीको भनाइ छ । उनले ती निकायलाई समेत पत्राचार भइसकेको बताए पनि ती निकायमा समेत पत्र आएको नआएको बारे अनविज्ञता व्यक्त गरे ।
यस्तै पर्यटकलाई नियोजित रुपमा बिरामी गराउन खानेकुरामा मिसावट समेत गरी गराइ ससंगठित तवरले बिमा रकम दाबी गर्ने गराउने कार्य गरेको वा एउटै उडानमा धेरै पर्यटक ल्याई प्रत्येक पर्यटकका आधारमा अलग अलग बिल जारी गर्ने गरेको प्रतिवेदनले औल्याएको छ ।

प्रतिवेदनमा उद्धार उडान तथा उपचार समेत नगराई कागजातहरु तयार पारी बिमा रकम दाबी गर्ने विवरण प्राप्त भएमा गृहमन्त्रालय तथा उक्त मन्त्रालयअन्तर्गत रहेको नेपाल प्रहरीबाट अनुसन्धान गराउने उल्लेख छ ।
त्यस्ता विषयमा संगठित अपराध तथा ठगीको कसुरमा अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउन गृह मन्त्रालयलाई आग्रह गर्ने प्रतिवेदनमा उल्लेख छ ।
मन्त्री अधिकारीले कुनै पनि निकायलाई नछाडिने र दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउन आवश्यक पत्राचार गरिएको दावी गरे ।
नेपालको  पर्यटन क्षेत्रको बदनामी भएको भन्दै उनले कोही कसैले पनि छुट नपाउने विश्वास व्यक्त गरे । तर पूर्व एमाले निकटका व्यवसायी नै सो प्रकरणमा लागेको खुलेपछि मन्त्री अधिकारीले जोगाउन लागेको स्रोतहरुले जनाएका छन् ।
फेक रेस्क्यू प्रकरणका दोषी जोगाउँदै रविन्द्र अधिकारी

काठमाडौँ । पर्यटकलाई नक्कली बिरामी बनाएर फेक रेस्क्यू गराउने गिरोहलाई कारवाही गर्ने भन्दै सरकारले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको करिब एक दर्जन दिन बितेपनि कुनै पनि कारवाहीको प्रक्रिया सुरु हुन सकेको छैन ।
नेपालको फैलदो पर्यटकीय गतिविधिलाई नकारात्मक बनाउन प्रयोग भएका केही व्यवसायी तथा हेलिकोप्टर कम्पनी, अस्पताल तथा पर्यटन व्यवसायीलाई कारवाही गरिने बताएपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म कुनै प्रक्रिया सुरु गरेको छैन ।

केही विषयमा गृह मन्त्रालयलाई जानकारी गराउने र कारवाहीको प्रक्रिया सुरु गर्न प्रतिवेदनले आग्रह गरेपनि हालसम्म प्रतिवेदन गृह मन्त्रालयमा नै  पुग्न सकेको छैन ।
रेस्क्युका नाममा ठगी धन्दा चलाउँदै आएका व्यवसायीमाथि सरकारले कारबाही सुरु भएको पर्यटन मन्त्रालयले दावी गरेपनि सोही मन्त्रालयका एक वरिष्ठ अधिकारीकाअनुसार मन्त्री र सचिवले नै सो प्रतिवेदन नै राम्रोसँग अध्ययन नै राम्रोसँग गरेका छैनन् ।

मन्त्रालयकै मन्त्री र सचिवले नै प्रतिवेदन अध्ययन नगरेका कारण कारवाहीको प्रक्रिया अगाडि बढ्ला भन्ने बारेमा  आशंका बढ्दै गएको छ ।
नेपाल भ्रमणमा आएका पर्यटकलाई नक्कली बिरामी बनाउने, नक्कली बीमा गर्ने र उद्धारको नाममा कमाउ धन्दा चलाउन अस्पताल, हेलिकोप्टर कम्पनी, पर्यटन व्यवसायी गरी करिब १०० भन्दा बढीलाई कारवाहीको सिफारिश गरिएको छ ।
छानबनि समितिले गृह मन्त्रालयको सहयोगमा कारवाही गर्ने सुझाव दिएको छ । तर गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाले हालसम्म सो प्रतिवेदन नै प्राप्त नभएको जनाएको छ ।

‘प्रतिवेदन पठाइएको बारेमा त हामीले सञ्चार माध्यमबाट थाहा पाएका हौ, तर प्रतिवेदन हालसम्म कस्तो बनेको छ, कस्ता विषय समावेश गरिएको छ भन्ने बारेमा जानकारी पाएका छैनौ’ सो महाशाखाका एक अधिकारीले भने ‘प्रतिवेदन पाएपछि के गर्ने भन्ने बारेमा आवश्यक निर्णय होला, प्रतिवेदन नै अध्ययन नगरी, प्रतिवेदन नै नपाई कसरी यस्तो हुन्छ भन्ने ?’

प्रतिक्रिया