सरकारी जागिर खाने हो ? ५४ हजारलाई रोजगारी दिँदै सरकार

४ बर्ष अगाडि

१० वर्षपछि हुन लागेको राष्ट्रिय जनगणनाका लागि सरकारले ५४ हजार ४१३ जनालाई रोजगारी दिने भएको छ ।,

तीन महिने अवधिका लागि सरकारले उक्त जनशक्तिलाई रोजगारी दिन लागेको हो ।

केन्द्रीय तथ्याङ्क विभागले ‘राष्ट्रिय जनगणना २०७८’ को महाअभियानमा ठूलो मात्रामा जनशक्ति एकै पटक देशभर परिचालन गर्न लागेको हो ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले यस पटक जनगणनामा नितान्त बेरोजगार युवालाइृ परिचालन गर्ने नीति लिइएको बताए ।

उनले गणनामा तथ्यगत, विश्वसनीय र भरपर्दो तथ्याङ्क सङ्कलनमा सबैको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्याङ्क नै देशको मूल तथ्याङ्क भएकाले वास्तविक तथ्यांक आओस भनेर विशेष ध्यान दिइएको छ ।

सोही  तथ्याङ्कलाई मूल आधार बनाएर सरकारले राष्ट्रिय नीति र विकास निर्माणमा योजना बनाउने भउकाले पनि ठूलो मेहनत गर्न लागिएको विभागले जनाएको छ ।

विभागले ‘मेरो गणना, मेरो सहभागिता’ नारा तय गरी आगामी माघ १ गतेदेखि चैत्र मसान्तसम्म नमूना जनगणना सम्पन्न गर्ने तयारी गरेको छ ।

विभागले ‘राष्ट्रिय जनगणना २०७८’ मा बेरोजगार युवाहरुलाई गणक बनाउन प्राथमिकता दिने नीति लिएपछि त्यसलाई धेरैले सकारात्म्क रुपमा लिएका छन् ।

गणनामा ५४ हजार ४१३ जनशक्ति परिचालन हुने र ४३ हजार २७७ गणकको संख्या रहनेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया