स्वस्थ रहनका लागि ७ घरेलु ‘टिप्स’

४ बर्ष अगाडि

१. लगातार टाउको दुखेमा तुलसीको रसको केही थोपा नाकमा हालेमा दुखाइ कम हुन्छ ।

२. सुत्नुअघि भुटेको चना र तातो दूध पिउने गरेमा दमको समस्यामा कमी आउँछ ।

३. कमलपित्त भएमा दिनहुँ एक गिलास उखुको रस पिउनाले फाइदा हुन्छ ।

४. बच्चाहरूको पहिलोपल्ट दात आउँदा गिजामा अमलाको रस लगाइदिँदा दाँत सजिलै आउने गर्दछ ।

५.चक्कर आएको समयमा तुलसीको रसमा चिनी मिसाएर खाँदा चक्कर आउन बन्द हुन्छ ।

६.रुघा, खोकी र सामान्य ज्वरोमा तुलसी र अदुवाको चिया सेवन गर्नाले फाइदा पुग्ने गर्दछ ।

७.टाउको दुखेमा अदुवाको लेप लगाउँदा दुखाइ निको हुन्छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया