दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै

पुस २२, २०७६ | आजको अर्थ
ajaako_artha

दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै हुने भएको छ । 

चलचित्र प्राविधिक सङ्घ नेफ्टाले ‘ड्रिम हाई नेपाल’सँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम आगामी चैत १५ गते टुँडिखेलमा आयोजना गर्न लागेको हो ।यसअघिका चार अवार्ड कार्यक्रम विदेशमा आयोजना गरिएको थियो । 

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिले नेफ्टा अवार्डको घोषणा गरेको हो । दुई वर्षदेखि सो कार्यक्रम आयोजना गर्न सकिएको थिएन । 

नेफ्टाका अध्यक्ष पुष्कर लामाका अनुसार यसअघि नेफ्टाको छैटौँ संस्करण मलेसिय, सातौँ संस्करण कतार, आठौँ संस्करण हङकङ तथा नवौँ संस्करण युनाइटेड अरब इमिरेटस् ९युएई०मा आयोजना गरिएको थियो ।

 नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखि कार्यक्रम नेपालमै गर्न लागेको उहाँले बताए । नेफ्टा फिल्म अवार्डमा उत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, वर्षको उत्कृष्ट जनजाती चलचित्र र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कूल ३७ विधा समावेश गरिनेछ । 

 कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले गरेका राम्रा कुरालाई चलचित्रको पर्दामा उतार्न चलचित्रकर्मीलाई आग्रह गरेका थिए ।अभिनेताद्वय राजेश हमाल र भुवन केसीले नेपाली चलचित्रमा प्राविधिकले गरेको योगदानको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा पहिलो नेपाली नायिका भुवन चन्द, अभिनेत्री वसुन्धरा भुसाल, गौरी मल्ल, नीता ढुङ्गाना, पवित्रा आचार्य, जेविका कार्की, रिस्ता बस्नेत, चलचित्र निर्देशक तुलसी घिमिरे, रमेश उप्रेती, सलोन बस्नेत, कलाकार सन्तोष पन्त, निर्मल शर्मा, रवीन्द्र खड्का, आनन्द कार्कीलगायत उपस्थित थिए   । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८