ट्वीटरमा  नयाँ फिचर थप

४ बर्ष अगाडि

ट्वीटरले नयाँ फिचर थपेको छ । माइक्रो ब्लगिङका लागि लोकप्रिय बनेको ट्वीटरले रिप्लाई ब्लक गर्ने नयाँ फिचर थप गर्दै परीक्षण गरिरहेको जनाएको हो ।

आफ्नो ट्वीटमा कसलाई रिप्लाई ब्लक गर्ने भनेर यस फिचरबाट प्रयोगकर्ताले तय गर्नसक्ने बताइएको छ। ट्वीटरले भनेको छ, ‘हामी ट्वीटरमा प्रयोगकर्ताले सुरक्षित कुराकानी गरुन भन्ने चाहन्छौं।’

यसबाट ट्वीटरमा हुँदै आएको ट्रोल तथा गाली बेइज्जतीका घटना कम हुने अपेक्षा गरिएको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया