एनआईसी एसियाको तामझाम मात्रै, सेवाबाट सन्तुष्ट छैनन् ग्राहकहरू

४ बर्ष अगाडि

काठमाडौं – नेपाली बैंकिङ क्षेत्रमा एनआईसी एसिया बैंकको नाम नौलो होइन । पछिल्लो समय व्यापाक रूपमा व्यवसाय विस्तार गरेको यो बैंकलाई प्राय सबैले चिन्छन् । बैंकिङ क्षेत्रमा एआईसी एसिया निकै परिचित नाम हो । 

देशभर ३०० भन्दा बढी शाखा स्थापना गरेको यस बैंक पछिल्लो समय निक्षेप, कर्जा विस्तार लगायतका परिसुचकमा उच्कृष्ट पाँच भन्दा पनि भित्र छ । नेपालमा हाल २७ बाणिज्य बैंक छ, त्यसमध्ये पछिल्लो समय एनआईसी एसियाले आफुलाई बजारमा स्थापीत गर्न सफल भइसकेको छ ।

साथै, बिभिन्न प्रकारका खातामा बीमा लगायतका सेवा सुविधा पनि दिइरहेको छ । यसरी निकै लोकप्रियता कमाएको एनआइसी एसियाबाट पछिल्लो समय ग्राहकहरू भने असन्तुष्ट हुँदै गएका छन् । मोवाइल बैंकिङ, एटीएम जस्ता सेवामा ग्राहकहरु असन्तुष्ट हुदै गएका हुन् । साथै, बैंकले पनि बिभिन्न रुपमा ग्राहकको आखामा छारो हाल्ने काम गरेको हुन सक्ने बताइन्छ ।

बीमा समितिले केही महिना अगाडि बैंकासुरेन्स खारेज गरेको छ । तर, बैंकले बैंकासुरेन्सको बिषयमा अझै केही आधिकारीक सुचना जारी गरेको छैन । प्रचार प्रसारमा बीमा सुविधा पनि छ भनेर ग्राहकलाई तानेको छ । तर, बैंकमा गएपछि बैंकासुरेन्स खारेज भएकाले यो सुविधा नभएको कर्मचारी तर्क गर्छन् ।

एनआईसी एसियाले खाता खोल्ने समयमा नाम प्रिन्ट सहितको एटीएम कार्ड १५ दिन भित्र उपलब्ध गराउने भन्छ । तर, तोकिएको समयमा एटीएम कार्ड नपाएको ग्राहकहरु आजको अर्थको सम्पर्कमा आएका छन् । महिना दिन पछि मात्रा एटीएम कार्ड पाउने गरेको ग्राहकहरुको भनाइ छ । 

साथै, मोवाइल बैंकिङ सेवा पनि राम्रो नभएको ग्राहको भनाइ छ । एक ग्राहकले भने, ‘मैले मोवाइल बैंकिङ मार्फत इन्टरनेटको बिल पे गरेको थिए । मेरो खाताबाट आवश्यक रकम काटियो तर सम्बन्धीत इन्टरनेट सेवा प्रदायक कम्पनीको खातामा पैसा गएनछ । अन्तत अन्य माध्यमबाट पैसा तिरे ।’

यद्यपि, पछि बैंकमा रिपोर्ट गरेपछि पैसा फिर्ता भयो । उनले भने, ‘रकम फिर्ता भयो, राम्रो पक्ष नै हो । तर, सेवा उपभोग गर्न पाइएन नि । यदि, सेवा उपभोग नै गर्न पाइदैन भने त्यसको के अर्थ भयो र ।’ यस्ता कारण एनआईसी एसियाका ग्राहकहरु सेवाबाट आजित भएको देखिन्छ ।

केही महिना अगाडि जनता बैंकमा भएको हस्ताक्षर किर्ते प्रकरणको अनुसन्धानमा पनि एनआईसी एसिया मुछिएको थियो । पक्राउ परेका अभियुक्तसँग एनआईसी एसियाका आधिकारीक चेकबुक थिए । उक्त घटनाले पनि बैंकको आन्तिरिक व्यवस्थापन राम्रो नभएको देखिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया