फेसबुकको शेयर अहिलेसम्मकै उच्च विन्दुमा

पुस २७, २०७६ | आजको अर्थ
ajaako_artha

सामाजिक सञ्जाल फेसबूकको शेयर मूल्य अहिलेसम्मकै उच्च विन्दुमा उक्लिएको छ । 

शुक्रवार इन्ट्राडेको कारोबारमा शेयर मूल्य प्रतिकित्ता शून्य दशमलव ७२ प्रतिशतले बढेर २१९ डलर ८८ सेन्टमा पुगेको थियो । यो अहिलेसम्मकै उच्च हो । 

यद्यपि, बजार बन्द हुँदा भने शेयरमा वृद्धि अघिल्लो दिनको तुलनामा शून्य दशमलव ११ प्रतिशत मात्रै थियो । 

बिहीवार पनि बजार बन्द हुँदा शेयर मूल्य कीर्तिमानी उचाईमा पुगेको थियो । यस्तो रेकर्ड यस अघि सन् २०१८ को जुलाई २५ मा मात्रै देखिएको थियो । 

तर त्यसको एक दिन पछि सन् २०१८ को जुलाई २६ मा भने कम्पनीले अनपेक्षित रुपमा मुनाफा मार्जिन खुम्चिरहेको चेतावनी दिएपछि भने फेसबुकको शेयर मूल्य १९ प्रतिशतले घटेको थियो ।

 त्यति बेला कम्पनीले प्रयोगकर्ताको तथ्यांकको सुरक्षा नगरेको र झुट्टा समाचार प्रवाहमा तीव्र वृद्धि भएको भन्दै कम्पनीको निकै आलोचना भएको थियो । 

केही बजारमा प्रयोगकर्ताको संख्यामा वृद्धि सुस्ताएको खबरले पनि फेसबूकको भविष्यबारे अन्यौल छाउँदा शेयर प्रभावित भएको थियो । तर पछिल्लो पटक शेयरमा देखिएको प्रदर्शनले भने कम्पनी सो ऐतिहासिक कमीबाट विस्तारै उब्रिदैं आएर आशा बढाएको छ । 

शुक्रवारको कारोबारमा फेसबूकसहित अमेजन, अल्फाबेट र नेटफ्ल्क्सिको शेयर मूल्य पनि बढेका थिए । 

फेसबूकले आफ्नो प्रतिष्ठा पहिलाकै स्तरमा ल्याउन संघर्ष गरिरहेको भएपनि कम्पनीहरुले यसको विज्ञापन मञ्च प्रयोग गर्न भने छाडेका छैनन् । यस वर्ष कम्पनीको आम्दानी २६ प्रतिशतले बढ्ने अपेक्षा रिफिनिटिभले गरेको छ ।

पछिल्लो समय ‘काम  गर्नका लागि उत्कृष्ट स्थल’मा पनि फेसबूकको वरियता खस्किएको छ ।

 ग्लासडोरको सो सूचीमा एक वर्ष अघि सातौं स्थानमा रहेको फेसबुकको सन् २०२० को सूचिमा भने झरेर २३ औं स्थानमा समेटिएको थियो । एजेन्सी
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.८३११४.४३
European Euro१२५.५९१२६.२५
UK Pound Sterling१४८.९७१४९.७६
Swiss Franc११७.२५११७.८७
Australian Dollar७७.९३७८.३४
Canadian Dollar८६.६५८७.१०
Singapore Dollar८४.२३८४.६७