प्रकाश पाण्डेकाे अध्यक्षतामा इक्यानकाे नयाँ कार्यसमिति, महासचिवमा दिपक भुसाल

४ बर्ष अगाडि

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले प्रकाश पाण्डेको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको छ । 

आइतबार बिहान सम्पन्न १४ औं साधारणसभाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

संघको प्रथम उपाध्यक्षमा देविदास भट्टराई, द्वितिय उपाध्यक्षमा शेषराज भट्टराई र तृतिय उपाध्यक्षमा कृष्णहरि केसी र महासचिवमा दीपकराज भुसाल चयन भएका छन् 

कार्यसमिति सर्वसम्मत बनाउन इक्यानले एकसातादेखि कसरत गरेको थियो ।  

त्यस्तै प्रथम सचिवमा बासुदेव दाहाल र द्वितिय सचिबमा बीके श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषध्यक्षमा कर्ण गुरुङ चयन भएका छन् । 

संघको सदस्यहरुमा सुष्मा आचार्य, रत्न भट्टराई, नवराज भट्टराई, पुष्पराज भट्टराई, आशिक कार्की, विकल्पराज पोख्रेल, आर्यन उप्रेती, भवनाथ हुँमागाई, सुभास गौतम र शिव त्रिपाठीलाई चयन गरेको छ ।

सर्वसम्मत नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष बिष्णुहरी पाण्डे, अध्यक्षका प्रत्यासी प्रकाश पाण्डे, महेशबाबु तिमिल्सीना, निवर्तमान उपाध्यक्ष राजेन्द्र रिजाल, सल्लाहकार बुद्धि प्रसाद रेग्मी लगायतले पहल गरेका थिए । 

आइतबार बिहान ईक्यानका पुर्वअध्यक्षत्रय राजेन्द्र बराल, दिपक गुरुङ र अरुण लामीछानेको टोलीले सहमतिको बातावरण तयार गरेपछि सम्पूर्ण कार्यसमिति सर्वसम्मत भएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया