वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन समझदारी पत्रमा हस्ताक्षर

४ बर्ष अगाडि

केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजका निर्देशक प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा। भीम कुमार भुसालबीच एक समझारी पत्रमा हस्ताक्षर भएको छ ।

गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृहसचिव प्रेम कुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा रोजगारको नाममा हुनसक्ने पेशालाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन ६ बुँदे उद्देश्य र १३ बुँदे सहकार्य समझारी पत्रमा हस्ताक्षर सम्पन्न भएकोउक्त हस्ताक्षर सम्पन्न भएको हो ।

यस समझदारीबाट गैर कानूनी क्रियाकलाप नियन्त्रण गर्न पारस्परिक समन्वय गर्नु पर्ने उल्लेख छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया