रगत अस्पतालपिच्छे फरकफरक मुल्य

पुस २८, २०७६ | आजको अर्थ
ajaako_artha

सरकारी तथा निजी अस्पतालले रगतको मनोमानी रकम असुल्दै आएका छन् । सरकारले रगतबापतको मूल्य नतोक्दा अस्पतालको मनोमानी बढ्दै गएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मातहत रक्त सञ्चार सेवाका लागि अनुमति पाएका अस्पतालले बिरामीबाट मनलाग्दी रकम असुलेका हुन् ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले एक युनिट रगतको १ हजार २ सय रुपैयाँ लिएको कागजात राजधानी दैनिकले फेला पारेको छ । यस्तै, ललितपुरस्थित बीएन्डबी अस्पतालले ९ सय ५० रुपैयाँ प्रतियुनिट लिने गरेको पाइएको छ ।

यस्तै, हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरले प्रतियुनिट १ हजार रुपैयाँ लिएको पाइएको छ । वीर अस्पतालले एक युनिट रगतबापत ५ सय ५० रुपैयाँ लिने गरेको पाइएको छ । यस्तै, ग्रिन सिटी गोंगबुले प्रतियुनिट १ हजार ९ सय रुपैयाँ लिएको पाइएको छ । तर, रक्त सञ्चार सेवाले रगतबापत प्रतियुनिट ४ सय ९५ रुपैयाँ लिँदै आएको छ । यस्तै, क्रस म्याच गर्दा थप १ सय ५० रुपैयाँ शुल्क लिने गरेको छ ।आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

पोकामा संकलन गरिएको रगतको एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी, सिफलिस, ब्लड ग्रुपिङ र आरएच टाइपिङ गर्नुपर्ने हुन्छ । यसका लागि पनि शुल्क लिएको पाइएको छ । १५ वर्षअघि प्रतियुनिट ४ सय ९५ रुपैयाँ निर्धारण भएको थियो । 

यस्तै, क्रस म्याच गर्दा थप १ सय ५० रुपैयाँ तोकिएको थियो । अस्पतालले रगतको मूल्य फरक फरक लिइरहँदा पनि सरकारले नियमन नगरेकाले बिरामी अस्पतालले भने जति मूल्य तिर्न विवश छन् ।

तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला रगतबापत रकम नलिएको बताउँछ । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले कुनै पनि अस्पतालले रगत किनेबापत रकम नलिएको बताए । गुप्ताले एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी, सिफिलिसको परीक्षण गर्न रकम लिइएको बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८