लिलामीमा शेयर बिक्री गर्दै लुम्बिनी जनरल

४ बर्ष अगाडि

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा शेयर बिक्री गर्न लगेको छ ।

कम्पनीले यस अघि निष्कासन गरेको हकप्रद शेयरमा सबै शेयरका लागि आवेदन नपरेपछि बाँकी रहेको  शेयर लिलामीमा आउने भएको हो ।

कम्पनीले गत कात्तिक  २४ गतेदेखि मंसिर २९ गतेसम्म बिक्रीमा ल्याएको  १७ लाख ६० हजार कित्ता हकप्रद शेयरमा  १६ लाख ६० हजार २७४ कित्ता शेयरका लागि मात्र आवेदन परेको थियो ।

त्यस समय बिक्री नभएका  ९९ हजार ७२६ कित्ता शेयर कम्पनीले लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीको बिक्री प्रबन्धक सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया