बजार खुलेको तिन घण्टामा १ अर्ब २६ करोडको कारोबार, नेप्से २८ अंकले बढ्यो

४ बर्ष अगाडि

आज साताको दोस्रो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको तेस्रो घण्टा २८.७९ अंकले उकालो लागेको छ ।

आज १२५५.७२ को बिन्दुबाट सुरु भएको कारोबार तिन घण्टाको अवधीमा २८ अंकले बढेर १२८४.५१ को बिन्दुमा पुगेको हो ।

आज ११ बजे  विन्दुबाट १२५५.७२ शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक २.२९  प्रतिशतले बढेको छ ।

त्यस्तै, आज कारोबारका आएका १२ समूह मध्य  १० समूह  बढे्का छन् भने २ अंक घटे्का छन् ।

अहिले सम्म कारोबारमा आएका १८२ कम्पनीको ४१ लाख कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २६ करोड बराबरको कारोबार भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया