दोस्रो दिन पनि दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब ७० करोडको कारोबार

४ बर्ष अगाडि

आज साताको दोस्रो कारोबारका दिन पनि शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले बढे्को छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १५.१४ अंकले बढे्को हो । 

हिजोको तुलानामा नेप्से परिसूचक घटे् पनि कारोबार रकम भने बढे्को छ । हिजो नेप्से ४२ अंकले बढ्दा १ अर्ब २६ करोडको कारोबार भएको थियो भने आज १५ अंकको हारहारीले बढ्दा १ अर्ब ७० करोड बराबरको कारोबार भएको छ ।

कारोबार सुरु भएको केही समय बाटै उकालो लागेको नेप्से परिसूचक पहिलो घण्टामा २४ अंक, दोस्रो घण्टामा १६ अंक, तेस्रो घण्टामा २८ अंकले बढे्को थियो भने कारोबारको अन्तिम घण्टामा १५ अंकमा पुगेर बन्द भएको छ ।

आज १२५५.७२ को बिन्दुबाट शुरु भएको कारोबार अन्तिम समय सम्म आउदाँ  १२७०.८६ बिन्दुमा पुगेको छ ।  

आज ११ बजे १२५५.७२ बिन्दुबाट शेयर कारोबार शुरु भएको थियो भने   ३ बजे सम्म आउँदा त्यो परीसुचक १.२१  प्रतिशतले बढेको छ। 

उता सेन्सेटिभ परिसूचक पनि ३.५५ अंकले उकालो लागेको छ ।आज कारोबारमा आएका १८३ कम्पनीका ५५ लाख १८ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमा १० उपसमूहहरु उकालो लागेका छन् भने दुई उपसमूह ओरालो लागेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया