सिटिजन्स र सहयोगी बैंक आज बाट एक भए

४ बर्ष अगाडि

सिटिजन्स बैंक र सहयोगी विकास बैंक आजबाट एक भएका छन् ।

आज एक कार्यक्रमका बिच सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतामा हस्ताक्षर भएसगैँ यी दुई बैंक आजबाट एक भएका हुन् ।

आज सम्झौतापत्रमा सिटिजन्स बैंकको तर्फबाट प्रवल जंग पाण्डे र सहयोगीको तर्फबाट डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका छन्। 

अब दुवै बैंकले आ—आफ्नो साधारण सभाबाट प्राप्ति गरेको प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको स्वीकृति पाए पश्चात एकीकृत कारोबार सुरु गर्नेछन् ।  

दुई बैंकको सम्झौता अनुसार सहयोगीका शेयरधनीहरुले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता शेयर पाउनेछन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया