भाटभटेनीले २३ करोडको मुद्धा हार्‍याे, नक्कली भ्याट बिल बनाएर कर छलेकाे पुष्टी

४ बर्ष अगाडि

नक्कली भ्याट बिल बनाएर करछली गर्ने भाटभटेनी सुपरमार्केट प्रालिले २३ करोडको मुद्धा हारेको छ । 

२०६४ साउनदेखि २०६७ माघ १९ सम्म नक्कली भ्याट बिलका आधारमा आयकर छलेको अभियोगको मुद्धामा सर्वोच्वले भाटभटेनीको विपक्षमा फैसला गरेको हो । 

आन्तरिक राजस्व विभागको टोलीले २०६७ माघ १९ गते भाटभटेनी डिपार्टमेन्टल स्टोरमा छापा मारेर फेला पारेका नक्कली भ्याट बिलका आधारमा कर छली गरेको फेला पारेपछि २२ करोड ६७ लाख ४४ हजार रुपैयाँ संशोधित कर निर्धारण गरेको थियो । 

पछि राजश्व न्यायधिकरणका अध्यक्ष डिल्लीराज आचार्य, सदस्यहरू जीवनकुमार घिमिरे र डम्बरबहादुर कार्कीको इजलासले २०७४ असार २९ गते भाटभटेनीमाथि लगाइएको जरिवाना र ब्याजसमेत असुल्ने निर्णयलाई सदर गरेको थियो । 

त्यस बिरूद्ध सर्वोच्व पुगेको भाटभटेनीले सर्वोच्वबाट पनि मुद्दा हारेको छ । 

आइतबार प्रधान न्यायाधीस चोलेन्द्र शम्शेर राणा र न्यायाधीस प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले राजश्व न्यायधिकरणकै निर्णय सदर हुने फैसला सुनाएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया