पोर्चुगलमा एकै घरका दुई नेपाली दाजुभाईको मृत्यु

पुस २९, २०७६ | आजको अर्थ
ajaako_artha

पोर्चुगलमा समुन्द्री किनारमा माछा मार्दा छालले बगाएर एक घरका दुई नेपाली दाजुभाईको  मृत्यु भएको छ। 

कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्दै गर्दा दुबैलाई समुन्द्री छालले बगाउदा दुबै दाजुभाई समुन्द्री छालमा बेपत्ता भएका थिए।

समुन्द्री छालमा हराएका नेपाली दाजुभाईको खोजीकार्यका लागि क्यासकाइज लाइफगार्ड स्टेशन र मेरीटाइम पुलिसमार्फत् अल्काबिडेचे फायर फाइटरको टोलीले सहयोगमा गरिएको थियो।

 घटनास्थल निकै जटिल र चट्टान नै चट्टानको क्षेत्र भएकोले उद्धारमा निकै कठिनाई भएको र स्पीडबोटहरूको प्रयोग गर्न पहुँचयोग्य नभएको उद्धारकर्मीहरुले जनाएका छन् ।

 समुन्द्री छालमा हराएका दुबै दाजुभाईलाई खोजी गरेर पानीबाट बाहिर निकाल्दा दुबैको मृत्यु भईसकेको प्रहरीले जनाएको छ।

यसैबिच तामाङ समाज पोर्चुगललका उपाध्यक्ष प्रदिप थिङ् तामाङले मृत्यु भएका दुबै नेपाली दाजुभाई तामाङ समुदायका भएका र कास्काइसमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका जनाएका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८