लाभांश पारित गर्ने नागबेलीले बोलायो साधारण सभा

४ बर्ष अगाडि

नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित गर्ने  माघ २६ गते दशौँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनको लागि १।३६८ प्रतिशत वितरण र बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ४ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नैछ ।

लघुवित्तलाई संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि शेयर स्वामित्व परिवर्तन गर्न लागेको हो।

कम्पनीको साधारण सभा  सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान साढे १० बजे हुनेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया