सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ती गर्दै, भयो यस्तो सहमति

४ बर्ष अगाडि

काठमाडौं । सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । त्यसका लागि अन्तिम हस्ताक्षर भएको छ । 

बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच यस बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सहयोगी विकाश बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका छन् ।

दुवै बैंकले आ—आफ्नो विशेषरवार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।

२०७६ पौष २७ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप रु ८३ अर्ब २४ करोड पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी रु ७३ अर्ब ९९ करोड पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा ९९ हुनेछ ।

सहमति अनुसार, सहयोगी विकाश बैंक लिमिटेडका शेयरधनीहरुले १०० कित्ता शेयर वरावर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१.७५ कित्ता शेयर पाउनेछन् । हाल सिटिजन्स बैंकको चुक्ता पूँजी रु ८ अर्ब ६२ करोड रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी रु ९ अर्ब ८ करोड हुनेछ ।

 धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकाश बैंकले १४ वटा शाखाहरूबाट बैंकिंग सेवा प्रदान गर्दै आएको छ । 

यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू संचालनमा आउने छन् जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया