स्रोत नखुलेको ९ लाख ९९ हजार रुपैयाँसहित २ जना पक्राउ

४ बर्ष अगाडि

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ९ लाख ९९ हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा पर्सा हिपरमाई गाउँपालिका-८ घर भएका २१ वर्षीय कृष्ण यादव र चितवन भरतपुर महानगरपालिका-१६ घर भएका ३८ वर्षीय राजु पौडेल रहेका छन् ।

काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा.२ ज ४८०२ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा सवार पौडेलको साथमा उक्त नगद फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

यसैगरी पर्साको वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकस्थित सडकबाट स्रोत खुलाउन नसकेको नगद ३ लाख रुपैयाँ सहित भारत बिहार मोतिहारीका २१ वर्षीय जबिउल्लाह आलमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको  बीआर ०५ भी ३४४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया