ग्राकहलाई दुःख दिँदै एनआईसी एसिया बैंक, सुचना नदिई धमाधम खाता फ्रिज गर्दै

४ बर्ष अगाडि

काठमाडौं – एनआईसी एसिया बैंकले ग्राहकलाई सुचना नै नदिई खाता फ्रिज अर्थात् बन्द गर्ने गरेको पाइएको छ । बिभिन्न बहानामा बैंकले बचत खाता फ्रिज गर्दै आएको छ, तर सम्बन्धी ग्राहकलाई भने यो बिषयमा जानकारी नै नभएको तथ्य आजको अर्थ डट कमले फेला पारको छ ।
यसैत पछिल्लो समय एटीएम, मोवाइल बैंकिङ जस्ता सुविधामा आलोचना खेप्नु परेको उक्त बैंकको यस कदमले ग्राहकलाई थप समस्यामा पारेको छ ।
सोमबार बैंकका एक ग्राहक काठमाडौंको एक शाखामा चेक साट्न गए । तर, उनको चेक साटिएन । खातामा पैसा नभएर होइन, बैंकको कारणले चेक साट्न सकेनन् । 
काउण्टरमा बसेका बैंकका स्ताफले तपाईको खाता फ्रिज भइसकेकाले चेक साट्न नसकिने बताएको निजको व्यक्तिको भनाइ छ । नोमीनि नभएको, केवाईसी भर्नुपर्ने भनेर बैंकले खाता फिज गरिदिएको बताइएको छ । 
निज व्यक्तिले २ महिना अगाडि मात्रा खाता खोलेका हुन । उनले उक्त खातामा कारोबार नगरेको बढीमा २ हप्ता भयो । तर, बैंकले खाता फ्रिज गरेको भनेर उनलाई कहिल्यै जानकारी दिएन । अहिले चेक साट्न चाँदा बैंकले खाता फ्रिज भएको भनेर नसाटिदिएको निज व्यक्तिको गुनासो छ । उनले भने, ‘म साढे ९ बजेदेखि नै बैंकमा आएको हुँ, १ बजेसम्म पनि काम भएको छैन ।’
उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । यस्तै, उदाहरण अरु पनि हुन सक्ने अनुमान गरिएको छ । यसरी बैंकले बिभिन्न बहानामा खातामा भएको पैसा रोक्ने गरेको छ र त्यो पैसा तरलताको रुपमा प्रयोग गर्न खोजेको देखिन्छ ।
सम्पत्ति सुद्धिकरण लगायतका बिषयमा केवाईसी अपडेट गर्ने, आवश्यक कागजपत्र बुझाउनु राम्रो पक्ष हो । तर, त्यो भएन भनेर सम्बन्धीत व्यक्तिलाई सुचना नै नगरि खाता फ्रिज गर्नु कहाँ सम्मको न्याय हो ? प्रश्न यही हो ।
यसैत खाता खोल्दा पनि बैंकका स्ताफले केवाईसीमा भएको सम्पुर्ण विवरण भनुपर्ने बिषयमा त्यति गम्भिर रुपमा हर्दैन् । ग्राहक बढाउनका लागि सहज रुपमा नै खाता खोलिदिन्छन् । तर, त्यसपछि एनआईसी एसियाले बिभिन्न बहानामा ग्राहकलाई दुःख दिँदै आएको छ । 
नेपाली बैंकिङ क्षेत्रमा एनआईसी एसिया बैंकको नाम नौलो होइन । पछिल्लो समय व्यापाक रूपमा व्यवसाय विस्तार गरेको यो बैंकलाई प्राय सबैले चिन्छन् । बैंकिङ क्षेत्रमा एआईसी एसिया निकै परिचित नाम हो । 
देशभर ३०० भन्दा बढी शाखा स्थापना गरेको यस बैंक पछिल्लो समय निक्षेप, कर्जा विस्तार लगायतका परिसुचकमा उच्कृष्ट पाँच भन्दा पनि भित्र छ । नेपालमा हाल २७ बाणिज्य बैंक छ, त्यसमध्ये पछिल्लो समय एनआईसी एसियाले आफुलाई बजारमा स्थापीत गर्न सफल भइसकेको छ । तर, यस्तो सफल बैंकको पछिल्लो समय बिभिन्न टिका टिप्पणीहरु हुन थालेका छन् । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया