डिजिटल भुक्तानी गर्दा सनराइज बैंकले ३ हजार ५ सय नगद फिर्ता दिने

४ बर्ष अगाडि

डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ ।

माघ १ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तरगत सनराइज बैंकका डेबिट÷क्रेडिट कार्ड सेवा लिएका ग्राहकहरुले पीओएस र ई–कमसै टर्मिनलमा कारोबार गर्दा रु.२५० का दरले क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । 
त्यसका लागि डेबिट÷क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफ सेल (पीओएस) टर्मिनल वा ई–कमर्समा कार्ड प्रयोग नगरेको हुनुपर्ने छ । 

यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट÷क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम रु ५०० वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ । 


साथै, कुनै पनि ग्राहकले डेबिट÷क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा रु. १५,००० वा सो भन्दा बढिको खरिद कारोबार गरेमा रु. १,००० क्यास व्याक प्राप्त गर्न सक्नेछन् । 
यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना अनुसार अधिकतम रु. ३,५०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । 

सनराइजले आफ्ना ग्राहकहरुको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरु दिदै आएको छ । यस क्यास ब्याक अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र  उक्त भुक्तानीमा पाइने क्यास व्याकले अभैm बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया