एक लाख पुरस्कार राशीको कौदी कप फुटबल भोलिदेखि

४ बर्ष अगाडि

रु १ लाख १ राशीको पुरस्कार रहेको कौदी कप फूटवलको १५ औं संस्करण भोलीदेखि गोरखाको कौदीमा शुरु हुने भएको छ । 

कौदी यूवा क्लवको आयोजना र कौदी आमा समुहको सह–आयोजनामा हुन लागेको खुल्ला नकाउट फुटवल प्रतियोगिता ७ माघसम्म चल्नेछ । 

गण्डकी गाउँपालिका–४को खेल मैदानमा हुने प्रतियोगीतको उद्घाटन गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गले उद्घाटन गर्ने क्लवका अध्यक्ष दिपक गुरुङ्गले जानकारी दिए । 

प्रतियोगीतामा प्रथम हुनेलाई १ लाख १ रुपयाँ, दोस्रो हुनेलाई ५० हजार ५ रुपयाँ र तेस्रो हुनेलाई १० हजार १ रुपयाँ नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि ७ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको र खेलमा धेरै भन्दा धेरै टिमको सहभागिता गराउने प्रयास भइरहेको अध्यक्ष गुरुङ्गले  बताए । 

आयोजकका अनुसार खेलको उद्घाटन र समापनको दिन विभिन्न रास्ट्रिय कलाकारबाट साङ्गितिक प्रस्तुति समेत हुनेछ ।

कलाकारहरु मौसम गुरुङ, माया गुरुङ, भूमिका गिरी, सीता थापामगर, चर्चित मोडल आरुसी मगर, अर्चना कोचामगर, जादुगर शेर बहादुर गुरुङ र राजु तोलांगी गुरुङको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

खेलको समापन तथा पुरस्कार वितरण गोरखा क्षेत्र नं. १ का सांसद हरिराज अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया