विद्युत् लिने तर महसुल नतिर्ने कालोसूचीमा , कुलमानको निर्देशन पछि तनहुमा प्राधिकरण तात्यो

४ बर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरणको सेवा लिने तर महसुल नतिर्ने प्रवृत्ति तनहुमा समेत मौलाएको छ ।

नेपाल विद्युत  प्राधिकरणको वितरण केन्द्रको सडकबत्ती र सरकारी कार्यालय गरी ३१ ग्राहकबाट ४७ लाख छ हजार ७२२ बक्यौता रकम असुल्न बाँकी रहेको पाइएको छ । आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्म उक्त रकम बक्यौता देखिएको छ भने ७९ जना ग्राहकको नामावली कालोसूचीमा समावेश गरिएको प्राधिकरणले जनाएको छ ।

कार्यालयले आव २०७३÷७४ मा १८६ विद्युत् लाइन काट्दा  रु २० लाख ६९ हजार ९८५, आव २०७४÷७५ मा २९६ लाइन काट्दा रु ५१ लाख १८ हजार ९५१ र आव २०७५÷७६ मा ९३१ लाइन काट्दा रु १ करोड १८ लाख ४३ हजार ७१८ राजश्व संकलन गरेको थियो ।

त्यसैगरी लामो समयसम्म विद्युत् महसुल नबुझाकाको लाइन काटिएपछि ग्राहकले निवेदन दिएर लाइन जोड्दा आव २०७३÷७४ मा १७४ लाइन जोड्दा रु २३ लाख तीन हजार ३७३, आव २०७४÷७५ मा ३३५ लाइन जोड्दा रु ४२ लाख ५५ हजार ६२७ र आव २०७५÷७६ मा ८३२ लाइन जोड्दा रु १  करोड ४२ लाख ७४ हजार २८६ सङ्कलन भएको थियो ।

त्यसैगरी आव २०७३÷७४ कार्यालयको कालोसूचीमा ४६ रहँदा रु पाँच लाख तीन हजार ४०९, आव २०७४÷७५ मा ८३ को रु नौ लाख ४४ हजार २१८ र आव २०७५÷७६ मा ७९ ग्राहकको रु नौ लाख तीन हजार ९६२ रकम बक्यौता रहेको पाइएको छ । 

विद्युतको महसुल नबुझाएर कालोसूचीमा रहेका ग्राहकले कार्यालयबाट प्रदान गरिने कुनै पनि किसिमको सुविधा लिनबाट बञ्चित हुने छन् । ग्राहकले प्रयोग गरेको पुरानो विद्युत् नम्बर फिर्ता गरी पुनः प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया