पाँच डिब्बे रेल १५ दिनभित्र नेपाल आइपुग्ने

४ बर्ष अगाडि

नेपालले किनेको ५ डिब्बे रेल ‘जानकी’ १५ दिनभित्र नेपाल आइपुग्ने भएको छ । 

भारतको चेन्नेईस्थित कोंकर्ण रेलवे कर्पोरेशनको सवारी डिब्बा कारखानाबाट हिँजो हिँडेको रेल १५ दिनभित्र नेपाल आइपुग्ने भएको हो। 

चेन्नेइदेखि रेलवे ट्रयाकमा गुडाएरै जनकपुरसम्म रेल ल्याउन लागिएको रेल विभागले जनाएको छ । 

गुडाएरै ल्याउँदा विजयवाडा, इटारसी, इलाहावाद र पटना र विहार हुँदै रेल सेवा सञ्चालन भइरहेका रुटहरूबाट ल्याउनुपर्ने भएकोले ट्रयाक खाली रहने समय पारेर ल्याउँदा लामो समय लाग्ने विभागको भनाई छ । 

नेपाल सरकारले जीटुजी माध्यमबाट दुईवटा रेल ८५ करोडमा खरिद गरेको थियो । त्यसमध्ये एउटा तयार भएर आउन लागेको र अर्को निर्माणको चरणमा रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । 
भारतबाट रेल तयार भएर हिँडेपनि गएको वर्षायामको बाढीले बिभिन्न स्थानमा क्षति पुर्‍याएको जनकपुर जयनगर रेलवे ट्रयाक  मर्मत भने भइसकेको छैन । 

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा ३५ किमि खण्डमा रेलवे ट्रयाक विछ्याएको छ । त्यो मर्मत गर्न केहीदिन अझै लाग्ने विभागको दावी छ । 

भारतले जयनगरदेसख बर्दिवाससम्मै करिव ७० किमि रेलवे ट्रयाक निर्माण गरिदिने भनेको भएपनि मुआब्जा विवादका कारण जनकपुरदेखि बर्दिबास सम्मको काम अलपत्र छ । 

जयनगर देखि जनकपुर सम्म भने पहिलेदेखि नै न्यारोगेज रेल सञ्चालनमा रहेकोले त्यसैमा ब्रोडगेज रेलको लिक बिछ्याइएको हो। 

नेपालले किनेका  रेल छोटो दुरीको ब्रोडगेज ट्रयाकमा चल्ने पाँच डिब्बे रेल हुन ।  एउटा रेलमा एकपटकमा ६ सय जनाले यात्रा गर्न सक्ने रेल प्रतिघण्टा ११० किलोमिटर गुड्न सक्छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया