बैंकप्रति एनआईसी एशियाका ग्राहकहरूको आक्रोश

४ बर्ष अगाडि

प्रायः मोबाईल बैंकिङ्ग सेवा बाट कारोबार गर्ने धरानका ईश्वर प्रसाद जागिर सरुवा भएपछि एनआईसीमा खाता खोले । तर उनी अचम्म परे मोवाईल बैंकिङ्गको ५ सय रुपैयाँ तिर्नुप¥यो, जब की उनले अन्य बैंकहरुमा एक दुई सय रुपैयाँमै उक्त सेवा लिन्थे । 

जागिरको सिलसिलामा बैंक धाइरहन नभ्याउने भएपछि मोवाईल बैंकिङ्गबाटै कारोबार गर्ने उनलाई एनआईसीको काम ठगीमात्रै जस्तो लाग्छ ।

‘अरु बैंकहरुले १०० देखी २०० रुपैयाँँ मै मोबाईल बैकिङ सेवा दिन्छन् तर एनआइसीको मोबाईल बैकिङ ग्राहक बन्न भने ५०० रुपैयाँँ तिर्नुपर्छ’, उनी भन्छन् । 

एनआसी एसीयामा धेरै रकम बचत गरेका केबी श्रेष्ठ आफैले बचत गरको बैंकमा कर्जा लिन जाँदा २ महिनापछि बोलायो । 

तर बैंकले बोलाएको समयमै पुग्दा बुक क्लोज भईसक्यो भनेर फिर्ता पठायो ।  निराश भएर अर्को बैंकमा जाँदा एकसातामै कर्जा पाए । 

याे पनि पढ्नुहाेस् : शहरमा सामन्तको झल्को दिँदै एनआईसी एसिया बैंक, ऋण दिँदै उठीबास लगाउँदै

त्यसदेखि उनलाई एनआईसी प्रति भरविश्वास छैन । ‘आफ्ना ग्राहकलाई कुनै प्रतिकृया नै छैन्, लोनको कुरा गर्न गयो भने अर्को महिना आउनु भन्छन्, अर्को महिना जाँदा २ महिनाका लागी बुक क्लोज गरीएको छ भन्छन्’, उनी भन्छन् ‘अन्तिममा लोन लिन अर्को बैंकमा सरण पर्दा एक हप्तामै प्रक्रिया सुरु हुन्छ ।’ 

हरेक महिना कुनै न कुनै फण्डा ल्याएर हंगामा गर्ने एनआईसी एशिया बैंकको सेवा भने खतम रहेका केही उदाहरण हुन यी । नाटकीय फण्डा ल्याएर धेरै ग्राहक बनाउने तर सेवा भने राम्रो नदिने गरेका कारण असन्तुष्टट ग्राहकहरुले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । 

आजको अर्थ डट कमले एनआईसी एशियाको कमजोरीबारे समाचार प्रकाशन गरेपछि ग्राहकले सामाजिक सञ्जालमा कमेण्ट गर्दै आक्रोश व्यक्त गरेका हुन् । 

याे पनि पढ्नुहाेस् : हप्तौँसम्म खाता नम्बर दिँदैन एनआइसी एसिया बैंक, ग्राहकलाई हैरानी मात्र

समाचार पढेका अधिकांश पाठकमध्ये एनआईसीका ग्राहक रहेका अधिकांशले बैंकप्रति नकरात्मक टिप्पणी गरेका छन् ।

उनीहरुले बैंकले प्रदान गर्दै आएको मोबाईल बैंकिङ सेवा देखि शाखा कार्यलयमा हुने ढिला सुस्ती, बैंकले लिने सेवा शुल्क, ग्राहकलाई दिने प्रतिकृया, चेक वितरण र त्यसमा लिइने शुल्क लगायतका सेवामा लापरबाही गरहेको बताएका छन् । 

कर्मचारीले ग्राहकसँग ठूलाको आलोचना गर्ने र त्रासमा रहने गरेको सम्म सार्वजनिक गरेका छन् । राम यादव लेख्छन् – बैंकको सेवा राम्रो छैन, जिम्मेवारीको पनि बोध छैन, साना कर्मचारी ठूलाको त्राशमा काम गर्छन ।’ 

याे पनि पढ्नुहाेस् : एनआईसी एसिया बैंकका कर्मचारीमा आतंक, एकै पटक ११ सय कर्मचारी निकाल्दै

ग्राहकको असन्तुष्टि बैंकले दिएको सेवामा मात्रै होईन कर्मचारीको व्यवहारप्रति पनि उत्तिकै छ ।  

नेपालकै उत्कृष्ट वाणिज्य बैंक भनेर प्रचार गर्ने सो बैंकका बैंकको देश भर ३ सय बढी शाखा रहेका छन् । 

त्यसमध्ये एकाध बाहेक धेरै शाखाको अवस्था उस्तै रहेको ग्राहकको टिप्पणी छ । 

सो बैंकले खाता खोलेपछि समयमै खाता नम्बर नदिने, एटीएम दिन २ महिना लगाउने, बीमा समितिले खारेज गरिसकेको बैंकान्सुरेन्स दिने भनेर जनता झुक्याउने लगायतका कमजोरी रहेका छन् । 

याे पनि पढ्नुहाेस् : एनआईसी एसिया बैंकमा खाता हुनेले झोलामा पैसा बोक्नुपर्ने, दशैंमा ग्राहकलाई समस्या

त्यस्तै एनआईसीले विभिन्न डिपार्टमेण्टल स्टोरहरुमा सहकार्य गरेको भन्दै सामान किन्दा छुट दिने भनेपनि नदिएको अर्घाखाँचीका मिलन गैरेको प्रतिकृया छ ।

‘भाटभटेनीमाथी ठूलो बेलुन राखेर भाटभटेनीमा सामान किन्दा छुट भन्दै ग्राहक बनायो, तर अहिले सामान किन्न जाँदा पूरै पैसा लिन्छ’, उनी भन्छन् ‘नराम्ररी झुक्यायो नि ।’

१९/२० वर्षसम्म पनि अवस्था सुधार्न नसकेपछि ‘चामत्कारीक खाता योजना’ मार्फत जनतालाई झुक्याएर धेरै ग्राहक बनाएको बैंकको ग्राहक बनेकोमा भने धेरैको असन्तुष्टी छ । 

याे पनि पढ्नुहाेस् : एनआईसी एसियाको तामझाम मात्रै, सेवाबाट सन्तुष्ट छैनन् ग्राहकहरू

‘सेवा लिइरहेकाहरुले राम्रो भनेको आधारमा खाता खोल्नुपर्नेमा बैंकले हल्ला गरेको आधारमा खाता खोल्दा डुबिँदो रहेछ’, धादिङ्गका विनोद अर्याल भन्छन् ‘ग्राहक बनाउने लहरमा खाता खोलेको कहिले कागजात पुगेन भनेर पैसा निकाल्ने बेला खाता फ्रिज हुन्छ, कहिले एटीएम ब्लक हुन्छ, हैरान भइयो ।’

अन्य पाठकहरुको सामाजीक सञ्चालमा यस्तो प्रतिकृया रहेको छ ।

याे पनि पढ्नुहाेस् : एनआईसी एसियाको तामझाम मात्रै, सेवाबाट सन्तुष्ट छैनन् ग्राहकहरू

याे पनि पढ्नुहाेस् : ग्राकहलाई दुःख दिँदै एनआईसी एसिया बैंक, सुचना नदिई धमाधम खाता फ्रिज गर्दै

 

 
 
 

 

 

 

 

 

 

 
४ बर्ष अगाडि

प्रतिक्रिया