‘भवन निर्माण मापदण्ड लागु नगरे खतरा’

४ बर्ष अगाडि

निजी निवास निर्माणमा अझै ध्यान नदिए पुनः जोखिम निम्तिन सक्ने आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बताएका छन । 

ललितपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको ‘२२ आँै राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६’ मा उनीहरुले महानगरपालिकाले लागू गरेको नियमानुसारको घर बनाउन आग्रह गरेका छन । 

महानगरपालिकाका उपप्रमुख गीता सत्यालले २०७२ सालको भूकम्पीय जोखिममा परी घर भत्किएका मानिसले अझै पनि मापदण्डअनुसारको जग्गा छाडेर घर नबनाएका हुँदा फेरि भूकम्प आउँदा धैरै मानिस हताहत हुनसक्ने बताए ।

 “पाटनका शहरी बस्तीमा दिनानुदिन अग्ला भवन निर्माण भइरहँदा अब आउने भूकम्पले धेरै मानिसको जीवन क्षति पु¥याउने छ, पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका लागि निजी घर बनाउने जनताले भूकम्प निर्माण आचारसंहितालाई अनिवार्य लागू गर्नुपर्छ”, उनले भने । 

 कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विसं १९९० को भूकम्पको सम्झना गर्दै आफूहरु त्यस बेला काठमाडौँको टँुडिखेलमा गएर रात बसेको स्मरण गरे । उनले भने, “त्यस बेला टँुडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ थियो ।

हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।” विगतमा टुँडिखेलबाट देखिने हिमाल र पहाड हाल यहाँ बनेका अग्ला घरका कारण छेकिन पुगेको गुनासो जोशीले गरेका थिए । 

 ललितपुरका प्रजिअ भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गरे । यसअघि जावलाखेल चोक वडा नं ४ वडा कार्यालय अगाडिबाट निक्लेको प्रभातफेरी पाटन दरबार स्क्वायर हुँदै भूकम्प स्मारक प्राङ्गणमा पुगी स्मृतिसभामा परिणत भएको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया