सरकारले कोटेश्वर सहित तीन ठाउँको जग्गा अधिग्रहण गर्ने

४ बर्ष अगाडि

सरकारले कोटेश्वर सहित तीन ठाउँको जग्गा अधिग्रहण गर्ने भएको छ ।

मन्त्रीपरिषदको बैठकले कोटेश्वर–जडिबुटी सडक विस्ताकार लागि सडक क्षेत्रमा पर्ने कित्ता नम्बर १६९ को ६ आना क्षेत्रफलको जग्गा र घर अधिग्रहण गर्न स्विकृती दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सुचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले बताए । 

त्यस्तै हुलाकी राजमार्ग अन्तर्गत पर्ने तामागढी सिम्रौनगढ सडक खण्डको आवस्यक जग्गा अधिग्रहण गर्न आयोजना कार्यालयलाई स्विकृत दिइएको उनले बताए । 

लामोसाघुँ जिरी सडकको निर्माण क्षेत्रमा पर्ने पुल र सडकका लागि आवस्यक जग्गा अधिग्रहण गर्न समेत सरकारले स्किृती प्रदान गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया