बैंकहरूले लागू गरे गो एएमएल, अब शंकास्पद कारोबार ठप्प

४ बर्ष अगाडि

काठमाडौं – नेपालमा रहेका २७ वटै बाणिज्य बैंकले ‘गो एएमएल’ सफ्टवेयर प्रयोगमा ल्याएका छन् । उनीहरुले माघ १ गतेदेखि उक्त सफ्टवेयर प्रयोगमा ल्याएको नेपाल राष्ट्र बैंकले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । 
नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०७६ अनुसार बाणिज्य बैंकहरुले माघ १ गते देखि अनिवार्य रुपमा उक्त प्रविधि प्रयोग गर्नुपर्ने थियो । उक्त प्रविधि मार्फत बैंकका ग्राहकहरूको विवरण सीधै निगरानीमा राख्न सक्ने र शंकास्पद कारोबारसमेत थाहा पाउन सकिने छ ।
ग्राहकको पहिचान लगायत विवरण नियमित रूपमा प्राप्त हुने गरी ‘गो–एएमएल प्रडक्शन इन्भाइरोन्मेन्ट’ लागू गरेसँगै अब वित्तिय जानकारी इकाईबाट हुने शंकास्पद कारोबारको विश्लेषण थप प्रभावकारी र गुरणस्तरीय हुने देखिएको छ ।
यस मार्फत गरिएको कारोबारबारको विवरण राष्ट्र बैंकको वित्तिय जानकारी एकाईमा पुग्ने छ । जसअनुसार शंकास्पद कारोबार देखिएमा सम्बन्धीत व्यक्ति अनुसन्धानको दायरामा आउने देखिन्छ । 
सन २०२० मा वित्तिय कारवाही कार्यदल (एफएटीएफ) ले नेपालको सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी संरचना मुल्यांकन गर्दै छ । त्यसैले उक्त प्रविधि नेपालमा प्रयोग गर्न लागिएको हो । 
यो प्रविधि विश्वका ५० भन्दा बढी मुलुकले प्रयोगमा ल्याइसकेका छन् । साथै, ६० भन्दा बढी मुलुक कार्यान्वयनको प्रक्रियामा छन् । 

बाँकी विज्ञप्तीबाट

४ बर्ष अगाडि

प्रतिक्रिया